हिपमत डटकम

सोमबार, जेठ ३०, २०७९ || 7279  पटक पढिएको

पर्सा ।  वीरगञ्ज महानगरपालिका-१६ ईनर्वागाउँस्थित सडकबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १ सय १३ गोटा वन्यपशुपन्क्षी कछुवा सहित बारा कलैया उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा कछुवा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट खटिएको प्रहरीले बीआर ०५ एएफ ०५८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार आनन्दलाललाई झोलामा लुकाइ डिक्कीभित्र ल्याउँदै गरेको उक्त कछुवा सहित फेला पारी पक्राउ गरेको हो ।

आनन्दलाललाई उक्त कछुवा र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!