एजेन्सी। रुसको नियन्त्रण रहेको युक्रेनका कतिपय क्षेत्रमा रुसी मापदण्डको शिक्षा दिइने रुसका शिक्षामन्त्री सर्गे क्राभ्तसोभले बताएका छन् ।
उनका अनुसार, युक्रेनी शासनबाट मुक्त गरिएका भूभागका विद्यालय र विश्वविद्यालयहरूमा सेप्टेम्बर १ देखि रुसी मापदण्ड अनुरूपको पठनपाठन गरिनेछ ।
विद्यालयहरूमा पठनपाठनका लागि रुसी भाषा मुख्य भाषा हुनेछ । खेर्सन र जापोरिझझिया क्षेत्रमा सरकारी भाषा रुसी हुनेछ ।
युक्रेनी भाषालाई पनि संरक्षण गरिनेछ । त्यस भाषामा शिक्षा लिन चाहनेलाई त्यसबाट वञ्चित गरिने छैन ।
मुक्त गरिएका क्षेत्रबाट विद्यालय तह उत्तीर्ण गरेका सबै विद्यार्थीलाई रुसी विश्वविद्यालयमा प्रवेश गर्ने अवसर दिइनेछ ।
क्राइमियामा शिक्षकहरूलाई नयाँ शिक्षा प्रणालीको तालिम दिइएको छ । उनीहरूले मुक्त गरिएको भूभागका शिक्षकहरूलाई उक्त तालिम दिनेछन् ।
रुसले स्थानीय विद्यालयहरूलाई आवश्यक पाठ्यपुस्तक र विविध शैक्षिक सामग्री पनि उपलब्ध गराउनेछ ।
युक्रेनी नाजी नेता स्टेपान बान्डेरा तथा नवनाजीहरूको कथा पाठ्यपुस्तक र प्रशिक्षण सामग्रीहरूबाट हटाइएको छ ।