हिपमत डटकम

आइतबार, जेठ २९, २०७९ || 10387  पटक पढिएको

काठमाडौं । नेपाली वेभसिरिजको लहड चलिरहेको बेला पुर्वेली मौलिकताको थेगो रेला नगरौं न हौ शिर्षकमा नयाँ श्रृङ्खलाको निर्माण आरम्भ गरिएको छ । ओमेगा नेपालको प्रस्तुति रहेको यस श्रृङ्खलामा नेपालमा घट्ने घटनाहरुलाई समेटेर समसामयिक विषयवस्तुमा आधारित रहेर धारावाहिक रुपमा निर्माण गरिने जानकारी प्राप्त भएको छ ।

यस श्रृङ्खलाका परिकल्पनाकार रहेका लेखक, निर्माता तथा निर्देशक सन्तोष ओमेगा (सुवास)ले मौलिक श्रृङ्खलाको आवश्यकता महसुस गरेर आफूले यो वेभसिरिज निर्माण थालेको बताएका छन् । आम दर्शकको रोजाई र मागलाई आत्मसात गरेर सोही बमोजिमको सामाग्री निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उनको भनाई रहेको छ । हाललाई पुर्वमा प्राप्त स्थानीय कलाकारहरुलाई समेटेर श्रृङ्खलाको निर्माण थालिए पनि आगामी दिनमा दर्शक र कथाको माग बमोजिम मुलधारका कलाकारहरुलाई पनि समेटिने उनले बताए ।

पहिलो भागमा चिट्ठा काण्ड उपशिर्षकमा उनले यस वेभसिरिजको निर्माण गरेका छन् । जिन्दगीको दिनचर्या क्रममा आउने कुने पनि घटना तथा परिघटना स्वभाविक भएकोले कुनै पनि निर्णय गर्दा रेला (ठट्टा) गर्नु नहुने सन्देश प्रवाह गर्नु यस वेभसिरिज निर्माणको मुख्य उद्धेश्य रहेको भनाई समेत उनले राखेका छन् ।

पहिलो श्रृङ्खलामा निर्देशकसमेत रहेका सन्तोष ओमेगा, लक्षणा राई, माधव के.सी., मदन राई, कृष्ण काफ्ले, मनोज पुमा राई, रिया काफ्ले, सन्तोष तिवारी, कञ्चन दास, करण प्याकुरेल, कृष्ण खतिवडा, नोदराज ढकाल, विवेक न्यौपाने, विकास श्रेष्ठ, अशोक प्रेमी र पारुहाङ राईको अभिनय रहेको छ ।

श्रृङ्खलाको शिर्ष गीत सन्तोष आफैंले लेखेका छन् भने स्वर समेत उनको आफ्र्नै रहेको छ भने संगीत कुन्दर राईको रहेको छ । सुमन तामाङको छाणँकन तथा हेमन तामाङको सम्पादन रहेको छ ।

वेभसिरिज हेर्न लिंकमा क्लिक गर्नुहोस् :

https://www.youtube.com/watch?v=a8BAi_gEEcc

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!