संघीयता कार्यान्वयन देखि चुनौती सम्वन्धी कार्यक्रम र हाम्रो कार्यभार सम्वन्धि एक दिने कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिराटनगर स्थित सगरमाथा पार्टी प्यालेस मा सम्पन्न भएको हो।
सरोकार समाज नेपालको आयोजना र पर्यटन तथा संस्कृति मन्त्रालयको सहयोगमा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का समाजिक बिकास मन्त्री राजेन्द्र राई रहेका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राईले दिप प्रज्वलन गरी गरेका थिए।
कार्यक्रममा बोल्दै राईले भने आज हामी अहिले संघीयताको पहिलो चरणमा छौं। हामी माझ अहिले धेरै समस्या र चुनौतीहरु रहेका छन्। ति सबैलाई समाधान गर्दै अगाडि बड्नु पर्छ। त्यसैगरी राईले भने अहिले हामी स्वतन्त्र रुपमा बोल्नुमा पनि संघीयता र गणतन्त्रको मुख्य भूमिका रहेको छ । अरु शासन प्रणालीमा अहिलेको जस्तो हामी स्वतन्त्र नरहेको उनले बताए।
त्यसैगरी कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सह-अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी पार्टीका युवा नेता वशिम आलमले बोल्दै भने म आफ्नो ठाउँ बाट इमान्दार हुन्छु र सबेै नेताहरु पनि आ-आफ्नो ठाउँबाट इमान्दार भएर संघीयता कार्यान्वयन भएमा समस्या नहुने बताए । यदि हामी इमान्दार भएनौं भने पार्टीहरू प्रती जनताको आशा कम हुदै जान्छ र सही इमान्दार तरिकाले काम गर्यो भने यहाँ बालेन जस्तो हजारौं बालेनहरुको उदय हुनेछ भन्ने धारणा समेत राखेका थिए।
प्रदेश योजना आयोग प्रदेश १का डा। ज्ञानेन्द्र बहादुर कार्कीले कार्यक्रम सम्बन्धी प्रष्ट पारेका थिए।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्रीका प्रेस सल्लहाकार वन्दु पोखरेल, नेकपा एसका केन्द्रीय सदस्य जिवन राई, प्रदेश १ का मुख्यमन्त्री कार्यलयका सचिब उद्धब रिजाल, सरोकार समाज नेपालका अध्यक्ष यसु लामा लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा २०० जना भन्दा बढी विद्यार्थीहरुले सहभागिता रहेको थियो। सहभागि सम्पुर्णलाई प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षतामा सरोकार समाज नेपालका अध्यक्ष यसु लामा रहेका थिए।