हिपमत डटकम

शुक्रबार, जेठ २७, २०७९ || 11685  पटक पढिएको

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो ।

लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले अ चलचित्र निर्माण गर्न लागेको हो । सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । चर्चित फिल्म ‘आमा’मा सह-लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् । अस्ट्रेलियन छायाकार राय (RAH) को सिनेमाटोग्राफी , मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ ।

समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!