मंगलबार, मंसिर १७, २०७६ || 1492  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,मंसिर–१७ ।
नेपाली काँग्रेसबाट धरान उपमहानगरपालिकामा उपनिर्वाचनबाट मेयर पदमा विजयी कांग्रेसी नेता तिलक राईलाई पूर्व साँसद डिगबहादुर लिम्बूले बधाई तथा शुभकामना दिनुभएको छ ।
पार्टीको मोरङ सभापति समेत रहेका लिम्बूले धरानवाशीको जित भएको बताउनुभयाे । उहाँले सामाजिक सन्जालमा लेख्नुभएकाे छ, बिजय एउटा सुखद क्षण पनि हो,जस्ले असिम आनन्द दिन्छ। नेपाली काङग्रेसका मेयर पदका उमेद्वारको जित धरान उप – महानगरबासी जनताहरुको जित हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास,नेपालको संबिधानको कार्यान्वयन,धरान र आसपासका क्षेत्रको बिकास होस भन्ने उत्कट अभिलाषाको प्रतिफल हो यो परिणाम ।
यो जितलाई कसैले हल्का रुपमा लिनु नहुने उहाँले बताउनुभएकाे छ ।
मेयर पदमा तिलक राईलाई बिजयी गराउनु हुने सबै मतदाता एवं शुभेच्छुक दाजुभाइ तथा दिदीबहिनीहरु,पार्टीका नेता कार्यकर्ता साथीहरुलाई धन्यबाद दिद उनले सफल कार्याकालको शुभकामना दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!