शुक्रबार, फाल्गुण १६, २०७६ || 1539  पटक पढिएको

पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा चलचित्रको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । चलचित्रको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । योसँगै अर्को वर्षको दशैंको फूलपातीलाई ‘छक्का पञ्जा ४’ र महजोडीले निर्माण गर्न लागेको बेनामे चलचित्रले पनि प्रदर्शन मिति तोकिसकेका छन् ।

यो हिसाबले अर्को वर्ष ठूला चलचित्रबीच महाभिडन्त हुने देखिएको छ । ‘ए मेरो हजुर ४’ ले बक्सअफिसमा सफलताको झण्डा फहराउन सफल भएको खण्डमा अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशकको रुपमा ह्याट्रिक गर्नेछिन् । यसअघि उनले क्याप्टेनसिप सम्हालेको यही चलचित्रको अघिल्ला दुई श्रृंखलाले सफलता प्राप्त गरेका थिए । कुनै समय सफल अभिनेत्रीको रुपमा आफूलाई उभ्याएकी उनलाई अहिले निर्देशन पनि निकै फापेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!