हिपमत डटकम

मंगलबार, जेठ २४, २०७९ || 3002  पटक पढिएको

काठमाडौं। काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने ओखलढुङ्गा चिसखुंढी गाउँपालिका-६ घर भएकी कल्पना आले मगरको कोठाबाट सुन चाँदीका तयारी गहनाहरु चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका ३३ वर्षीय बिजय लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चोरी भएको सूचना प्राप्‍त हुनासाथ तत्काल प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा संलग्न लामालाई काठमाडौं महानगरपालिका-१५ सिद्धार्थचोकबाट पीडितको कोठाबाट चोरी भएको सुनचाँदीको जस्तो देखिने गहना र ताला फोड्ने प्रयोग हुने छिनो जस्तो देखिने फलामको रड सहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ तोलाको सुनको जस्तो देखिने बेरुवा औठी १ थान, १ तोलाको सुनको जस्तो देखिने रिङ १ जोर, ३० लालको सुनको जस्तो देखिने लकेट १ थान, १ तोलाको पत्थर सहितको चाँदीको जस्तो देखिने औठी १ थान समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी गर्न नहुने कसूरमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!