शुक्रबार, फाल्गुण १६, २०७६ || 683  पटक पढिएको

एजेन्सी । चार दशकयता देखिएको चरम खडेरीका कारण जिम्बावले यस वर्ष गम्भीर आर्थिक सङ्कटको सामना गरेको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार चेतावनी दिएको छ । विशेषज्ञहरूले दक्षिणी अफ्रिकी उक्त मुलुकको भ्रमण गरेका र अधिकारीहरूसँग भेट गरेपछि आईएमएफ टोलीले उक्त चेतावनी जारी गरेको हो ।

जिम्बावेको अर्थव्यवस्थामा एक दशकभन्दा बढी गिरावट देखिँदै आएको र यहाँ नगद, इन्धन, औषधी र खानाको दीर्घकालीन अभाव देखिएको उक्त टोलीले बताएको हो । पसलहरूमा प्रमुख खाद्यान्नको रूपमा प्रयोग हुने मकै वा पोषणका अन्य प्रमुख स्रोतहरूको अभाव देखिएको छ ।

चालीस बर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो खडेरीले दुःखलाई थप गरेको छ । देशको कूल जनसङ्ख्या एक करोड ५० लाखमध्ये करिब आधा जनसङ्ख्याले खाद्यान्न अभावको सामना गरिरहेको बताइएको छ ।

‘आइएमएफका कार्यकारी निर्देशकले जिम्बाब्वेले नीतिगत गलत कदम र जलवायु परिवर्तन दुबै कारण आर्थिक तथा मानवीय सङ्कट र सम्बन्धित पिडा भोगेको अध्ययनबाट देखिएको छ,’ आइएमएफले बतायो ।

आइएमएफले सन् २०२० मा पनि खाद्यान्न उत्पादनमा कमी आउने अनुमान गरिएको र यस वर्ष खाद्यान्न उत्पादन वृद्धि हुने कुनै पनि सङ्केत नदेखिएकोले खाद्यान्न अभाव कायम रहने आइएमएफले उल्लेख गरेको छ ।

‘सामाजिक खर्चमा महत्वपूर्ण अंशले वृद्धि हुने र यसले सामाजिक आवश्यकतालाई सम्बोधन गर्न नसक्ने देखिन्छ,’ आइएमएफले भनेको छ । ‘आधिकारिक ऋणदाताहरुलाई ठूलो बाह्य खर्च तिर्नु पर्ने कारण जिम्बाब्वे अझै केही वर्ष ऋणको सङ्कटमा रहन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१७ मा रोबर्ट मुगाबेको स्थानमा राष्ट्रपति भएका र सन् २०१८ जुलाईमा निर्वाचित राष्ट्रपति भई आएका इमर्सन म्यानगाग्वा व्यावसायिक गतिविधिलाई पुनर्जीवित गर्ने, विदेशी लगानी आकर्षित गर्ने र सन् २०३० सम्म मध्यम आएको अर्थतन्त्रको ओहदा प्राप्त गर्ने बाचासाथ नेतृत्वमा रहेका छन् । उनलाई गत वर्ष भएको खडेरीले आफ्ना प्रतिज्ञालाई पूरा गर्न कठिनाई भएको छ । Photo: SABCNews

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!