हिपमत डटकम

आइतबार, जेठ २२, २०७९ || 594  पटक पढिएको

एजेन्सी। युद्ध सुरु … कसैको हार, कसैको जीत । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथि हमला… यो हमला पनि कुनै अपवाद होइन ।

युक्रेनतर्फ रुसद्रुत गतिमा अघि बढ्नु, क्षेप्यास्त्रमार्फत् गोलाबारुदले सहरका सहर विनाश, युक्रेनी नागरिकहरू ‘सिपाही’ बनेर डटिरहनु र युद्ध अहिलेसम्म पनि जारी रहनु ।

युक्रेनमा रुसको आक्रमणको सय दिन पूरा हुन लागेको छ, तर यो युद्धमा अब के हुन सक्ला ?

यो युद्ध हो, त्यसैले एकैछिनमा कुनै पनि कुराको निर्णय गर्न सकिँदैन, तर अहिलेसम्मको घटनाक्रमलाई हेरेर सम्भावित परिणामहरू बुझ्ने प्रयास गर्ने हो भने यी पाँचमध्ये एउटा नतिजा निस्कन सक्छ ।

‘परिणाम यही होला’, यकिनका साथ भन्न सकिन्न, तर यो सय दिने युद्धको नतिजा यस्तो हुनसक्ने सम्भावना छ ।

१. लामो संघर्ष

युक्रेन र रुसबीचको यो लडाइँ लामो समयसम्म चलिरहन सक्छ । यदि वर्षौंसम्म होइन भने, कम्तिमा केही महिनासम्म जारी रहने सम्भावना छ । रुस र युक्रेनका सेनाहरू दिनहुँ आपसमा लडिरहेका छन्, दिनहुँ एकअर्कामाथि आक्रमण गरिरहेका छन्, त्यसैले यो युद्ध लामो समयसम्म चल्ने सम्भावना छ ।

कहिले एक पक्ष अलि बलियो हुन्छ र कहिले अर्को पक्ष । तर दुई मध्ये कोही पनि न त झुक्न तयार छन् न पछि हट्न नै । राष्ट्रपति पुटिनले ‘रणनीतिक सहनशीलता’ देखाएर जीत हासिल गर्न सक्ने दृढ संकल्प गरेका छन् । युक्रेनमाथिको हमलाले पश्चिमी देशहरूमा दबाब बढ्ने र उनीहरूले आफ्नो आर्थिक संकट र चीनबाट हुने खतरामा बढी ध्यान केन्द्रित गर्छन् भन्ने उनीहरूका लागि पनि यो जुवा जस्तै हो ।

तर, युरोपेली देशहरूले अहिलेसम्म युक्रेनलाई जसरी सहयोग गरेका छन्, त्यसबाट उनीहरू युक्रेनलाई हतियार आपूर्ति गर्न प्रतिबद्ध छन् र गरिरहने छन् भन्ने लाग्छ । यस्तो अवस्थामा यो युद्ध ‘सधैँ चलिरहने युद्ध’ मा परिणत हुँदै गइरहेको छ ।

मिक रायन एक सेवानिवृत्त अष्ट्रेलियाली जनरल र सैन्य मामिलाका विद्वान हुन् । उनी भन्छन्, ‘आगामी दिनमा वा पछिल्ला दिनहरूमा कुनै पक्षको रणनीतिक जीतको सम्भावना निकै कम छ ।’

२. पुटिनको युद्धविरामको घोषणा

राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविरामको घोषणा गरेर सारा संसारलाई चकित पार्ने सम्भावना छ ?

उनले रुसको सैन्य अभियान अब पूरा भएको दाबी पनि गर्न सक्छन् । डोनबासमा रुसी समर्थक पृथकतावादीहरू सुरक्षित गरियो, क्रिमियाको लागि एउटा करिडोर स्थापना गरियो । यस्तो अवस्थामा उनले युक्रेनलाई नैतिक आधारमा लडाइँ बन्द गर्न दबाब दिन सक्छन् ।

क्याथम हाउस थिङ्क ट्याङ्कका विज्ञ केइर गिल्सले भने, ‘रूसले जुनसुकै बेला यो चाल प्रयोग गर्न सक्छ, जसमा यदि उसले युक्रेनमा युरोपेली दबाबको फाइदा उठाउन चाहे भने, उनले आत्मसमर्पण गर्न सक्छन् र देखावटी शान्तिको बदलामा, उनले केही क्षेत्रहरूमा आफ्नो अधिकार पनि त्याग्न सक्छन्…’

यस्ता तर्क अहिले पेरिस, बर्लिन र रोममा सुनिन थालेका छन्, जहाँ युद्धलाई धेरै लम्बाउनुको कुनै फाइदा छैन भन्न थालिएको छ । साथै, यो विश्वव्यापी आर्थिक पीडाको अन्त्य गर्ने समय पनि हो ।

तर, अमेरिका, बेलायत र पूर्वी युरोपका अधिकांश क्षेत्रले यसको विरोध गर्नेछन् ।

रुसले एकतर्फी युद्धविरामको घोषणा गरेमा यो युद्धको परिप्रेक्षमा एउटा ठूलो परिवर्तन हुनसक्छ तर यसले युद्धको अन्त्य गर्छ नै भन्ने पनि छैन ।

३. युद्धक्षेत्रमा गतिरोध

यदि युक्रेन र रुस दुवैले यो युद्धबाट केही पनि हासिल गर्न सकिँदैन भनेर यो गतिरोध अन्त्य गर्न राजनीतिक समाधानतर्फ अघि बढे भने के हुन्छ ?

दुवैतिरका सेनाहरू थाकिसकेका छन्, युद्धका लागि आवश्यक सामग्री र जनशक्तिको अभाव छ । यस्तो अवस्थामा लडाइँ जारी राखेर रगत बगाउनु र पैसा बर्बाद गर्नु जायज हुन सक्दैन । रूसको सैन्य र आर्थिक क्षति स्थायी छैन । युक्रेनका जनता युद्धबाट थाकिसकेका छन् । शत प्रतिशत दाबी गर्न नसकिने विजयका लागि उनीहरू आफ्नो ज्यान जोखिममा पार्न तयार छैनन् ।

यता अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो उदेश्य रुसमाथि हमला गर्नु नभई युक्रेनलाई यस्तो स्थितिमा ल्याउनु हो जहाँ वार्ताको टुबुलमा ऊ बलियो स्थितिमा रहन सकोस् भन्ने भनाई धेरै पटक दोहोर्‍याएका छन् ।

तर महिनौंदेखि चलिरहेको यो युद्धको सन्दर्भमा कुनै राजनीतिक समाधान निस्कन निकै कठिन छ । यसको ठूलो कारण यो हो कि युक्रेनले रुसले आफ्नो बचन पूरा गर्लान भनेर फिटिक्कै विश्वास गर्दैन । युक्रेनलाई लाग्छ कि शान्ति सम्झौता भए पनि रुस त्यसमा अडिग रहन निकै गाह्रो छ , त्यसैले यस्तो अवस्थामा युद्धको सधैँ सम्भावना रहने आशंका छ ।

४. युक्रेनको सम्भावित जीत

विभिन्न चुनौतिका बावजुद, के युक्रेन विजयी हुन सक्छ वा विजयको नजिक पुग्न सक्ला ? के युक्रेनी सेनाले रुसलाई आफ्नो देशबाट खेद्न सफल हुनसक्लान् ?

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पक्कै पनि यस्तो दाबी गर्छन् ।

एक टिभी अन्तरवार्तामा उनले युक्रेनले यो युद्ध अवश्य जित्ने बताए ।

यदि रसियाले डोनबासमा कब्जा गर्न असफल भयो भने के होला ?

युरोप–अमेरिकी प्रतिबन्धका कारण रुसले क्षति बेहोर्नुका साथै युद्धको स्तरमा पनि असर गरेकोमा कुनै शंका छैन । युक्रेनले युरोपेली देशहरू र अमेरिकाबाट लगातार सैन्य सहायता पाइरहेको छ । अब युक्रेनले आफ्नो रक्षात्मक नीतिलाई आक्रमणको नीतिमा परिवर्तन गरेको छ ।

तर यदि स्थिति यस्तै रह्यो भने… ?

नीति निर्माताहरूले यसको नतिजाबारे चिन्ता व्यक्त गरिसकेका छन् । यो पराजयलाई ध्यानमा राखेर पुटिनले रासायनिक वा आणविक आक्रमणको बारेमा सोच्न सक्ने सम्भावना छ ।

५. रूसको सम्भावित जीत

पश्चिमी अधिकारीहरूले जोड दिँदै प्रारम्भिक असफलताहरूको बावजुद, रूसले अझै पनि राजधानी किभ कब्जा गर्ने र युक्रेनको धेरै भागलाई आफ्नो अधीनमा राख्ने योजना बनाएको दाबी गर्दै आएका छन् ।

एक अधिकारीले भने, ‘अधिकतम कब्जा गर्ने उनीहरूको उद्देश्य’ अझै जीवित छ ।

रसियाले डोनबासमा आफ्नो बढतलाई रोक्न सक्छ, सैनिकलाई अन्य स्थानमा उपयोगमा ल्याउनका लागि त्यहाँबाट मुक्त गरिँदै छ, सायद उनीहरुले एकपटक पुनः किभलाई निशाना बनाउन सक्छन् । युक्रेनका सेनाले लगातार क्षती बेहोरिरहेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले पहिले नै स्वीकार गरिसकेका छन् कि हरेक दिन करिब १०० युक्रेनी सैनिक मारिएका छन् र करिब ५०० घाइते पनि भइरहेका छन् ।

युक्रेनका जनताको विचार फरक हुन सक्छ, कोही संघर्ष जारी राख्न चाहन्छन् भने कोहीले शान्तिको मार्गको वकालत गर्छन् । केही पश्चिमी देशहरू युक्रेनलाई समर्थन गर्दा गर्दै थाकिसकेको पनि हुनसक्छन् । तर अन्य देशलाई यदि रुसले जितिरहेको छ भन्ने लाग्छ भने उनीहरुले युद्धलाई तीब्रता पनि दिन चाहनेछन् ।

एक पश्चिमी कूटनीतिज्ञले रुसलाई चेतावनील दिने हिसाबले पश्चिमले प्रशान्त क्षेत्रमा एक परमाणु हतियार पनि परीक्षण गर्नुपर्छ भनेर गोप्य रुपमा जानकारी दिएका छन् ।

पक्कै पनि यो युद्धको भविष्य अझै तय भइसकेको छैन । बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!