हिपमत डटकम

आइतबार, जेठ २२, २०७९ || 314  पटक पढिएको

कोलम्बियन पपस्टार शकिरा र बार्सिलोनाका फुटबल खेलाडी जेरार्ड पिकेबीच सम्बन्ध विच्छेद भएको छ । दुवै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै १२ वर्षदेखिको सम्बन्धलाई टुंग्याउने जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी अलग हुँदैछौं भनेर जानकारी गराउँदा खेद व्यक्त गर्दछौं । हाम्रो मुख्य प्राथमिकता हाम्रा बालबच्चा हुन् र उनीहरुको गोपनीयताको सम्मान गर्न हामी आग्रह गर्दछौं ।’

सन् २०११ देखि सम्बन्धमा रहेका ४५ वर्षीया शकिरा र ३५ वर्षीय पिकेका दुई सन्तान छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा फिफा विश्वकप प्रतियोगिता सुरु हुनु केहीअघि मात्र यी दुईबीच भेट भएको थियो । प्रतियोगिताको अफिसियल गीत ‘वाका वाका (दिस टाइम फर अफ्रिका)लाई शकिराले गाएकी थिइन् भने पिके फिचर्ड थिए । शकिराले कर छली मुद्दाको सामना गरिरहेकी छन् ।

गत मे २६ मा अदालतको फैसला शकिराको विपक्षमा आएको थियो । विपक्षीहरुले लगाएको आरोपअनुसार सन् २०१२ देखि २०१४ सम्म उनले कमाएको १५.५४ मिलियन डलर कर छली गरेको उल्लेख छ ।

उनको कानुनी समूहले उक्त मुद्दाविरुद्ध पुनरावेदन प्रक्रियालाई अघि बढाइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!