समय अनुसार सांगीतिक क्षेत्रमा गित संगीत को माग बढ्दो क्रममा रहेको देखिन्छ । नया नया गित संगीत एक पछि अर्को गर्दै दर्शक माझ ल्याउने होड बाजी पनि चलिरहेको छ त्यसमाथि पनि युवापुस्तामा र्याप गीतको माग कति छ भन्ने कुरा त यम बुद्ध, भिटेन र लाहुरेको डिमान्ड हेर्दैमा थाहा हुन्छ । यसै भिडमा पाच पचपन्न को नयाँ र्याप गीत ‘आगोको झिल्को’ को भिडियो सार्बजनिक भएको छ भने सार्बजनिक भएको केहि दिनमै युटुब च्यानलको ट्रेण्डिङ्ग नम्बर ९ मा पुग्न सफल भएको छ।सार्वजनिक गरिएको उक्त र्याप गीतमा पाच पचपन्नकै शब्द तथा संगीत रहेको छ । ‘आगोको झिल्को’ बोलको सार्वजनिक र्याप चिराग खड्काको युवटुयुव च्यानलवाट सार्वजनिक गरिएको हो । भिडियोलाई दर्शन पोखरेल ले निर्देशन गरेका छन् । र्याप गीतलाई धेरै दर्शकहरुले मन पराउने भएता पनि र्याप गाउनेलाई त्यति सजिलो छैन ।विभिन्न समस्याका बाबजुत पनि दर्शकहरुलाई र्याप गितको स्वाद चखाउने क्रम जारि नै छ त्यहि क्रम मा पाच पचपन्नको उक्त र्याप गित सार्बजनिक भएको हो । सो र्याप्लाई सम्पादन गर्ने काम पनि दर्शन पोखरेलकै रहेको छ भने उक्त भिडियोलाई दर्शन पोखरेल र अनिश गैरे ले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!