हिपमत डटकम

शनिबार, जेठ २१, २०७९ || 1621  पटक पढिएको

काठमाण्डौ। बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतको लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्ट्ररिङ गरेका हुन । गजलको एक सुन्दर भिडियो पन ीबनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन । बुद्ध थापाको छायाँकन , तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा गायक राज सिक्देल , र अहिको पुस्ताकी अत्यन्तै चर्चित मोडल अञ्जली अधिकारको अभिनय देख्न सकिन्छ ।

प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गजल सार्वजनिक गरिएको रचनाकार तीर्थ अधिकारीले बताए । नेपाली साहित्यको विभिन्न विधामा विगत लामो समय देखी कलम चलाउदै आएका अधिकारी प्रवल गोरखा दक्षिण वाहु २०५५ मुक्त्तकमणी उपाधी २०७३ बहुआयामिक ब्याक्तित्वका रुपमा परिचित छन । जसको यस अधिघनै जुनकिरी ‘कविता संग्रह ’ ऐना ‘कविता संग्रह’ , तिन लय तिन गीत ‘गिती संग्रह’ झटारो ‘मुक्त्तक संग्रह’ माया ‘गीती एल्बम’ लगायत दर्जनो कृतिहरु प्रकाशित छन ।

शब्द , संगीत , स्वर तथा भिडियो सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुने गजल ‘पहिलो चोटीे’ ले आम श्रोता दर्शकहरुको मन जित्ने विश्वास लिएको समान धारणा रचनाकार तीर्थराज अधिकारी , गायक राज सिक्देल तथा संगीतकार राजेश थापाले व्यक्त गरेका छन ।

गजलको भिडियो लिंक हेर्न तल क्लिक गर्नुहोस :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!