हिपमत डटकम

शुक्रबार, जेठ २०, २०७९ || 336  पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडा वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ को कार्यक्रममा प्रमुख आतिथीका रुपमा सम्बोधन गर्दै नेता महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।

नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको भनाई स्मरण गराउदै नेता महरले कुनै वर्ग जातीलाई पछाडी राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । नेता महरले कार्यक्रमलाई सम्बोधन गर्दै भने,’ सबै जाति भूगोल र समाजको एकीकृत विकास नै कांग्रेसको अवधारणा हो । ०६२÷०६३ बाट मुख्य उपलब्धीको रुपमा प्राप्त नेपालको संविधान २०७२ मा उल्लेख गरिएउको समावेशिता वैधानिक रुपमा लागू गराउने पार्टी कांग्रेस हो । नेता महर थपे,’ समाजको विकास र रुपान्तरणका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्ने कुरामा मैले विश्वास लिएको छु । संस्थालाई व्यक्ती हित भन्दा पनि संस्थाको उद्धेश्यमा केन्द्रीत गराउनुपर्छ,’ उनले भने ।

नेता महरले नेपालमा वैधानिक रुपमा समावेशी प्रणााली लागू गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गर्नुभयो । नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाई थियो । नेविसंघको अध्यक्ष हुदा देखि नै शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुराहरु गरिब र विपन्नका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा नेता महरले उठाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!