प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले भोली मोरङको पथरी शनिश्चरेको छैटौं नगरसभाको उद्घाटन् गर्नुहुने भएको छ ।
सिन भिलेज पार्टी प्यालेसमा भोली मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा हिउँदे अधिवेशनका रुपमा नगरसभाको उद्घाटन् शत्रको कार्यक्रम हुने र पर्सी नगरपालिका कार्यालयमा वन्दशत्रको कार्यक्रम हुने नगरका प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
उहाँले आज कार्यपालिका बैठक बसेर कार्यक्रमको तयारीका बारेमा छलफल भएको वताउनु भयो । बैठकमा नगरसभामा सहकारी ऐन र वातावरण संरक्षण ऐन पारित हुने, हालसम्मका योजनाका गतिविधि सहितको कार्यक्रम तय गर्ने विषयमा छलफल भएको छ । साथै योजनाहरुबाट उभ्रिएको रकमबाट थप योजना बनाउने कुरा निर्णय भएको उहाँले उल्लेख गर्नुभयो ।