हिपमत डटकम

सोमबार, जेठ १६, २०७९ || 280  पटक पढिएको

उदयपुर, २०७९ जेठ १६ गते । उदयपुरको कटारी नगरपालिका-१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी चालक सिमरा उप-महानगरपालिका-१ का ३३ बर्षीय सुदिप घलान, सोही स्थानका २५ बर्षीय नितेष खड्का, १७ बर्षीय अनुज लामा र ३७ बर्षीय राजन तामाङको घटनास्थलमा नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!