भारतको राजस्थानको जयपुर(अजमेर राष्ट्रिय राजमार्गको डुडु सहर नजिकैको एउटा गाउँमा तीन महिला र दुई बालबालिकाको शव फेला परेको छ । तीनै महिला दिदीबहिनी थिए र उनीहरुको विवाह एउटै परिवारका तीन दाजुभाइसँग भएको थियो ।
ती शव शनिबार फेला परेका हुन् । यी शव फेला परेपछि क्षेत्रमा तनावको अवस्था छ । यो दाइजो दुर्व्यवहारको मामला हो भन्ने विश्वास गरिएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार मृत फेला परेका तीन महिलामध्ये दुई ममता मीना ९२३० र कमलेश मीना ९२०० गर्भवती पनि थिए । यसबाहेक शव फेला परेका दुई बालबालिकामध्ये एक नवजात र एक चार वर्षका मात्र थिए । उनीहरू तीन दिदीबहिनीमध्ये जेठी कालु मीना ९२७० का सन्तान थिए।
अखबारका अनुसार मृत फेला परेका पाँचैजना मे २५ देखि बेपत्ता थिए र सोही दिन यस सम्बन्धमा उजुरी पनि परेको थियो ।
शनिबार बिहान करिब १०.३० बजे इनार नजिकै यी शव भेटिएका हुन् । त्यसपछि दिउँसो २ बजे राज्य विपद् व्यवस्थापन बलको टोलीले शव आफ्नो नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा यी महिलाहरु दैनिक कुटपिटबाट दिक्क भएर यस्तो निर्णय गरेको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा यी महिलाका श्रीमान् र ससुराले पटक–पटक कुटपिट गर्ने गरेकाले निराश भएर यी दिदीबहिनीले यस्तो ठूलो कदम चालेको बताइएको छ ।
यस विषयमा कारबाही गर्दै लिसले यसलाई ‘मास सुसाइड’ भएको भन्दै ती महिलाका पति अर्थात् तीन दाजुभाइलाई पक्राउ गरिएको छ । यस बाहेक, केटाकी आमा र बहिनी विरुद्ध दाइजो उत्पीडन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यसबाहेक दाइजोका कारण मृत्युको मुद्दा पनि दर्ता भएको छ । यी तीन दिदीबहिनीको बाल्यकालमा नै यी तीन दाजुभाइसँग विवाह भएको तर विवाहको उमेर पुगेपछि उनीहरु श्रीमानसँग बस्न थालेको प्रहरीले जनाएको छ ।