मोरङ, कटहरी गाउँपालिका-४ जामुनगांछीस्थित सडकमा को.२० प ८६६८ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार विराटनगर महानगरपालिका-१५ बस्ने ५२ वर्षीया मिना देवी साहको बिहीबार दिउँसो मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।