विराटनगर। कोशी अस्पताल भित्र दिईने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञ खरेलले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
उनले अस्पतालका सूचना सेवाग्राहीले पाउनेगरी राख्ने बताए । यस्तै अस्पताल भित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कार्वाही गरेर जाने र फोहर व्यवस्थापनमा ध्यान दिने बताए। अस्पताल सुधारमा उपभोक्तावादी र दलहरुको प्रतिबद्धता सम्वाद समुहमा भएको छलफलमै अस्पताल सुधारका लागि दलहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेकपाएकिकृत समाजवादीका नेता महेश रेग्मीले अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोकाकारण समस्या रहेको औल्याए । नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भए पनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए । नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भनेपनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए ‘अस्पतालले सरसफाईका मापदण्ड पुरा नगरेको आरोप लगाए ।
लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनु पर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको ब्यवस्थापकीय रुपमा केही सुधार भएको बताए । कर्मचारीको ब्यवहारमा परिवर्तन गरिनु पर्ने उनको सुझाव छ । राप्रपाका सचिव टंक गुरागाईले अस्पताल कस्तो बनाउने भन्ने हातप्रशासनको जिम्मेवारी लिएका ब्यक्तिको हुने बताए । उनले बिशेषज्ञ डाक्टरकोमा जाँदा मुखथुनेर जानु पर्ने अबस्थाको अन्त्यहुनु पर्ने बताए ।
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सूचना प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँ ब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अबस्थाको अन्त्य गर्न उनले आग्रह गरे ।