कञ्चनपुर, ११ जेठ। भिमदत्त नगरपालिका-४ ओपेरा होटलको स्वीमिङ पुलमा डुबेर भारत उत्तराखण्ड रामपुर बस्ने ३९ वर्षीय फेज अहमदको मंगलबार दिउँसो मृत्यु भएको छ । स्वीमिङ पुलमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।