सुनसरी, २०७९ जेठ १० गते । सुनसरीको गढी गाउँपालिका-४ स्थितबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका स्थानिय २७ बर्षीय रोशन मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex-Dc 100 ml. को २० बोतल, Nitrosun-१०० ट्यावलेट, Nitravet-७०० ट्यावलेट बरामद गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।