बीरेन्द्रकुमार साह

सोमबार, जेठ ०९, २०७९ || 474  पटक पढिएको

बिराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधित्व गर्दै आउनु भएको सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तरगत रहेका चार वटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।संचारमन्त्री कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा सांसदको भुमिकामा गरेको जन चाहना र अपेक्षा अनुरुपको बिकास निर्माण ,स्थानिय नेता तथा कार्यकर्ताहरुले गरेको संगठन सुधार र प्रभावकारी कार्यक्रमहरु समेतको सकारात्मक प्रभावका कारण सुनसरी -४ मा कांग्रेसको जनलहर बढेसंगै ४ वटै पालिकामा प्रमुख लगायत बहुमत जनप्रतिनिधिहरु निर्वाचित भएका हुन्।

सुनसरी क्षेत्र नम्बर ४ अन्तरगत रहेका बराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोशी, भोक्राहा नरसिहं र हरिनगर गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो ।

यो निर्वाचन क्षेत्र अन्तरगतका पालिकाको प्रमुखमा मात्र होइन, बहुमत उपप्रमुख तथा जनप्रतिनिधिहरुमा काँग्रेस लगायत सत्तारुढ गठबन्धनका दलका उमेदबारहरु विजयीहुनुभएको छ ।

नेपाली काँग्रेसले विजय हासिल गरेको हरिनगर गाउँपालिका र कोशी गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत विजयी भएका अध्यक्ष र उपाध्यक्षहरु दोहोरिनु भएको छ । कोशी गाउँपालिकाको अध्यक्षमा एयुव अन्सारी र उपाध्यक्षमा अनिता देवी यादव दोस्रो कार्यकालका लागि काँग्रेसबाट पुन निर्वाचित हुनुभएको छ । त्यसै गरी हरिनगर गाउँपालिकामा पनि गफार मिया अन्सारी र रिमझिम कुमारी भगतलाई दोस्रो कार्यकालका लागि जनताले नेपाली काँग्रेसबाट क्रमश अध्यक्ष र उपाध्यक्षमा निर्वाचित गरेका छन ।

क्षेत्र नम्बर ४ कै भोक्राहानगरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका अजमल अख्तर आजाद अध्यक्ष तथा सुनिता देवी उराँव उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । त्यसै गरी बराहक्षेत्र नगरपालिकामा निर्वतमान नगरप्रमुख रहनुभएका नेकपा एमालेका उमेदवार निलम खनाललाई पराजित गर्दै रमेश कार्की नगर प्रमुखमा निर्वाचित हुन भएको छ ।

हरिनगर गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष गफार अन्सारीले काँग्रेसले हरिनगरमात्र नभइ पुरै सुनसरी क्षेत्र नम्बर ४ नै क्लिन स्वीप गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आफूले हिजाका दिनमा पनि जनतालाइ प्राथमिकतामा राखेर काम गरेर बताउदै आगामी दिनमा पनि स्थानीय बासिन्दाकै आवश्यकतालाइ प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँगेसका बराहक्षेत्र नगरपालिकाका प्रचारप्रसार तथा परिचालन समितिका संयोजक रेबती दुलालले पार्टी यस पटक संगठन सुदिृढीकरणका साथै स्थानीय स्तरमा विकास निर्माण तथा जनचाहना अनुरुपका कामलाइ प्राथकिमता दिएको कारण विगतदेखि पराजित हुदै आएको बराहक्षेत्र नगरपालिकामा प्रमुखसहित बहुमत जनप्रतिनिधिहरु निर्वाचित गर्न सफल भएको बताउनु भयो । उहाँले अहिले क्षेत्र नम्बर ४ मा रहेको स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरुले स्थानीय सरकारका अतिरिक्त प्रदेश र संघीय सरकारसंग समन्बय गरेर जनचाहना र स्थानीय स्तरमा आवश्यक विकासका कामलाइ प्राथकिमता दिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!