हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 470  पटक पढिएको

काठमाडौं, ९ जेठ। मोरङ, बेलबारी नगरपालिका-३ पुरानो बेलबारीस्थित सडकबाट ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुढिगंगा गाउँपालिका-७ बस्ने २६ वर्षीय रुपेश चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्र.१-०२-०४८ प ९७७४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्सैगरी अर्घाखाँची, पाणिनी गाउँपालिका-४ निगाली देउरालीबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित गुल्मी मदाने गाउँपालिका-१ अग्लुङ घर बताउने २९ वर्षीय सन्तोष चन्दलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा बुटवल रुपन्देहीको लागि छुट्न लागेको बसमा अवैध गाँजा लिएर जाँदै गरेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी खिदिमबाट खटिएको प्रहरीले चन्दलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, शिवसताक्षी नगरपालिका-११ दुधेबाट २ सय ३ ग्राम ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ३८ हजार ७ सय ३० रूपैयाँ सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-७ बस्ने १९ वर्षीय हरदिप राजबंशी, भारत दार्जलिङ दुलालजोत बस्ने २२ वर्षीय सुरेन मरमन र सोही ठाउँ बस्ने २३ वर्षीय अर्जुन रोय रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिले र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको प्र-१-१०-१५ प ४२१८ र डब्लुबि ७४ भि ६४३९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

त्सैगरी मकवानपुर, थाहा नगरपालिका-३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाट करिब ३ सय ५० केजी अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा ट्रकको पछाडि बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!