हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 465  पटक पढिएको

रंगेली। मोरङको रंगेली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) ले ऐतिहाँसिक जित निकालेको छ । नेपाली कांग्रेसको ‘गढ’ का रुपमा चिनिँदै आएको रंगेली नगरपालिकामा पहिलो पटक एमाले विजयी भएको हो ।

आइतबार सँझ सम्पन्न अन्तिम मतपरिणाम अनुसार रंगेली नगरपालिकाको मेयर, उपमेयर र ९ वटै वडाको वडाध्यक्ष एमालेले जितेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रंगेलीले सार्बजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एमालेका दिपिल बगडीया फराकिलो मतान्तरले विजयी भएका छन् ।बगडीयाले १२ हजार ८ सय ६१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे । बगडीया र घिमिरेको मतान्तर ३८०० छ ।

बगडीया निवर्तमान मेयरसमेत हुन् । त्यस्तै उपमेयरमा एमालेकै भूमा पराजुली ११ हजार ७ सय ९० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट साझा उम्मेदवार जसपाका पन्नालाल मण्डलले ५१७५ मत मात्र प्राप्त गरे । पराजुलीले मण्डललाई ६६१५ मतान्तरले पराजित गरिन् ।रंगेलीका ९ ववडा मध्ये सवै वडामा पनि एमाले विजयी भएको छ । ६ नम्बर वडाको एउटा वडा सदस्य जसपाले जितेपनि अन्य सवै वडमा एमालेका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् ।

नव निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । मुख्य निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेले निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र ग्रहण गर्दै नवनिर्वाचित मेयर दिलिप बगडीयाले शान्तिपूर्ण, भयरहित वातावरण र निश्पक्षरुपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रहरी,प्रशासन सवैलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!