बीरेन्द्रकुमार साह

बुधबार, जेठ ०४, २०७९ || 908  पटक पढिएको

सुनवर्षि । मोरङको सुनवर्षि नगरपालिकामा नेकपा एमालेले शानदार बिजय प्राप्त गरेको छ । नेकपा एमालेकोतर्फबाट मेयरका उम्मेदवार श्याम राजबंशिले नेपाली कांग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीलाई पछि पार्दै बिजय हासिल गरेका हुन ।

उपमेयर पदमा नेकपा एमालेकै मिरा देबि दास बिजय भएका छन् । मिरादेबिले नेपाली कांग्रेसकि उम्मेदवार बिमलादेबि दासलाई पछि पार्दै बिजय हासिल गरेकी हुन ।
गत २०७४ सालको स्थानिय निर्वाचनमा श्याम र मिरा उप बिजेता बनेका थिए । मिरा नेकपा एमालेकै तर्फबाट र श्याम नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए । श्याम पछि नेकपा एमालेका प्रवेश गरेका हुन ।

कडा मिहनेत र जनताको भावनालाई बुझ्दै शानदार जित हासिल गरेकोमा नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले दास र राजबंशिलाई बधाई दिएका छ?। हिपमत डटकमसंगको कुराकानिमा पोखरेलले भने अब नेकपा एमालेले सुनवर्षि नगरपालिकामा स्थानिय सरकार कस्तो हुन्छ भनेर अनुभुति दिलाउने छन् ।

शुन्य भ्रष्टाचार पार्दै जनताको हितकोलागि काम गर्न बिजेताहरुलाई सुझाव समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!