बुधबार, जेठ ०४, २०७९ || 469  पटक पढिएको

पथरीशनिश्चरे। मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न -६ मा नेपाली कांग्रेसको प्यानल नै बिजय भएको छ ।

पथरीशनिश्चरे नगरपालिका वडा न -६ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कृष्ण कुमार बस्नेत खुल्ला सदस्यहरुमा बिजय मण्डल ,बिष्णु कुमार राई ,महिला सदस्यमा शान्ता थापा र दलित महिला सदस्यमा उज्वलता बयलकोटी बिजय भएका छन् ।

यस अघि २०७४ को स्थानिय निर्वाचनमा पथरीशनिश्चरे वडा न -६ मा नेपाली कांग्रेसका बाघि उम्मेदवार जय तामाङले बिजय हासिल गरेका थिए ।

निर्वाचित भएका बस्नेतले भने म जनताकोलागि काम गर्छु। आफ्नो कार्यकालमा एक रुपैया पनि भ्रष्टाचार गर्दिन र गर्न पनि दिदिन। जनताको विकासलाई नै सर्वोपरी ठानेर कामहरुलाई अगाडी बढाउछु। कसैलाई पनि पक्षपात गर्दिन निश्पक्ष भएर काम गर्छु ,निस्वार्थ भएर काम गर्छु बस्नेतले हिपमत डटकमसंगको कुराकानीमा बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!