मंगलबार, मंसिर १७, २०७६ || 1869  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,मंसिर–१७ ।
बागलुङ जिल्ला बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको समाचार आएको छ । दुर्घटनामा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गुल्मी बाट जुग्जा खोला कुल पुजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जीप बागलुङ वडीगाड गाउँपालिकामा दुर्घटना हुँदा ९ जना महिला ४ जना पुरूष र १ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी झपिन्द्र भट्टराईले ले बताए ।

दुर्घटनामा मृत्युु हुनेहरूको नाम खुल्न सकेको छैन । घाइतेहरूलाई उपचारको लागि हेलिकप्टरबाट पठाउने तयारी भइरहेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!