हिपमत डटकम

मंगलबार, जेठ ०३, २०७९ || 306  पटक पढिएको

विराटनगर,३ जेठ। महानरपालिकाको मेयरमा काँग्रेसका नागेश कोइराला २ हजार ३ सय मतले अघाडि छन । उपमेयरमा एमालेकी शिल्ला निराला कार्कीको निरन्तर अग्रता कायम छ । जारी मतगणना अन्तर्गत २८ हजार ७९ गणना हुँदा काँग्रेसका कोइरालाले ९ हजार मत पाएका छन् । नेकपा एमालेका सागर थापाले ६ हजार ६६७ मत ल्याएका छन्। कोइराला २ हजार ३ मतले अगाडि छन्।

यसैगरी, उपमेयरतर्फ नेकपा एमालेकी शिल्पा कार्कीले ७ हजार १११ मत प्राप्त गरेकी छिन्। गठबन्धनतर्फ जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले ४ हजार ८४५ मत प्राप्त गरेका छन्।
पछिल्लो परिणाममा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार उमेश यादवले २६९० मत ल्याएका छन्। स्वतन्त्रमै उपमेयरमा नमिता न्यौपानेले १४४४ मत ल्याएकी छिन्।

राप्रपाका मेयर उम्मेदवार प्रह्लादप्रसाद साहले १३८४मत ल्याएका छन्। राप्रपाबाट उपमेयर उठेकी विन्दा लुइँटेल १८०७ मत ल्याएकी छिन्।
विराटनगरमा अहिले वडा नम्बर ३, ४, ५, ६, १३, १४, १५ को नम्बर वडाको मतगणना भइरहेको छ । गणना भएकामध्ये १, २, १७, १८ र १९ ,१६नम्बर वडाको नतिजा आइसकेको छ।

१७ मा जनता समाजवादी पार्टीका समिम कमर निर्वाचित भएका छन्। वडा नम्बर १८ मा स्वतन्त्र उमेदवार जितेन्द्रकुमार साह विजयी भएका हुन्। वडा नम्बर १९ मा नेकपा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् । यसैगरी वडा नम्बर १ मा एमालेका काजी बस्नेत र २ मा कुमार पोखरेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!