बीरेन्द्रकुमार साह

मंगलबार, जेठ ०३, २०७९ || 638  पटक पढिएको

सुनवर्षि । मोरङको सुनवर्षि नगरपालिकामा नेकपा एमाले जित नजिक पुगेको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका श्याम राजबंशि ६८८६ मतका साथ अग्र स्थानमा छन् । सुनवर्षि १,२,३,४,५,६, को मत गणना पुरा गरि वडा न -७ को जारि मतगणनामा कुल १८२४० मत गणना गर्दा एमाले अगाडी रहेको छ ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका यज्ञ बहादुर कार्कीले अहिलेसम्म ५२१३ मत प्राप्त गरि दोस्रो स्थानमा छन् भने । जसपाका सदानन्द यादवले २९४७ मत प्राप्त गरि तेस्रो स्थानमा छन् । उपमेयरमा पनि नेकपा एमालेकि मिरा देबि दास अग्र स्थानमा छिन् । उनले ६५६९ मत प्राप्त गरेकी छिन् भने नेपाली कांग्रेसकी उम्मेदवार बिमला देबि दासले ५५३५ मत प्राप्त गरि दोस्रो स्थानमा छिन् ।

अहिलेसम्म सुनवर्षिको ६ वटा वडाको मतगणना समापन भएको छ । जसमध्ये वडा न -१ मा नेपाली कांग्रेसका बिर बहादुर राई बिरेनले बिजय हासिल गरेका छन् भने वडा न -२ मा नेपाली कांग्रेसकै बिनोद राजबंशि बिजय भएका छन् ।

वडा न -३ मा नेकपा एमालेका कुमार बुढाथोकी बिजय भएका छन् । वडा न -४ मा नेपाली कांग्रेसका छेदि यादव बिजय भएका छन् ।वडा न -५ मा नेकपा माओवादी केन्द्रका युगेश्वर ठाकुरले बिजय प्राप्त गरेका छन् भने वडा न -६ मा नेकपा एमालेका उम्मेदवार कमल मोक्तान बिजय भएका छन् ।

वडा न -७ को मतगणना भईरहदा नेकपा एमालेका उम्मेदवारको नै अग्रता रहेको जानकारी हिपमत डटकमले प्राप्त गरेको छ । यहि आकडामा मत आउने हो भने सुनवर्षि नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको नेकपा एमालेको कार्यकार्ताहरुले हिपमत डटकमलाई जानकारि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!