हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 657  पटक पढिएको

विराटनगर। विराटनगरको वडानम्बर १६ मा नेपाली काँग्रेसका उद्धव कुमार भुजेल वडाध्यक्षमा विजयी हुनुभएको छ ।

भुजेल ७५२ मत हासिलगर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुमार महर्जनले ६८५ मत हासिल गर्नुभयो ।

यस्तै वडा सदस्यमा ६९८ मत सहित नेपाली काँग्रेसका कबिर तामाङ,६१९ मत सहित जनता समाजबादी पार्टीका राजेन्द्रप्रसाद कामत,६९२ मतसहित महिला सदस्यमा नेपाली काँग्रसका यज्ञकला अधिकारी र ७०२ मतसहित जनता समाजबादी पार्टीका राधादेवी तत्मा दलित महिला सदस्यमा निर्वाचित हुनुभएको छ ।

सो वडामा अन्य दलहरु जसपाका किशोर कुमार मण्डलले ६५६,राप्रपाका नरेशकुमार थापाले १९३,माओबादी केन्द्रका सिताराम पण्डितले १५६ र जनमत पार्टीका ललितकुमार मण्डलले २८ मत प्राप्त गरेका छन ।

यस्तै विवेकशील साझा पार्टीका शम्भुकुमार यादवले २५,पिछडाबर्ग निषाद दलित जनजाती पार्टीका सुनिलकुमार मण्डलले १३ र लोकतान्त्रीक समाजबादी पार्टी नेपालका दिपुकुमार झाले ८ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!