प्रद्युम्न मिश्र निर्देशित चलचित्र ‘धुलो’ को टाइटल गीत “धुलो हो धुलो” सार्वजनिक भएको छ ।गायक मनोज राइ र गायिका रेजिना रिमालको स्वरमा सजिएको सो गीतमा केशब मिश्रको सब्द तथा जुगल डंगोलको संगीत र म्युजिक एरेञ्ज पनि स्वयम् जुगलकै रहेको छ भने कविराज गहतराज ले कोरियोग्राफ गरेका छन्। उक्त फिल्म जीवनयापन गर्न गाडा चलाउनेको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको छ । यही फागुन १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको उक्त चलचित्रमा बुद्धि, अग्रज र श्रृजनासँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीआदि कलाकारको अभिनय रहेको छ भने नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको चलचित्रमा विशेष भूमिका रहेको निर्माण टिमले बताएको छ ।बुद्धिले यो चलचित्रमा आफ्नो भूमिका भिन्न रहेको बताए । सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह-निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!