हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 463  पटक पढिएको

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको गृहनगर विराटनगर–१७ मा जसपाले खाता खालेको छ ।

जसपाका समिम कमर मिया १ हजार ४५० मत ल्याउँदै विजयी भएका छन् । प्यानलसहित जसपाले १७ नम्बर वडा जितेको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका असलम आलमले ९४४ मत प्राप्त गरेका छन् । आलम १५ नम्बर वडाका निवर्तमान वडाध्यक्ष हुन् ।

उनी यसअघिको निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव जितेका थिए । उनी कांग्रेसमा प्रवेश गरेर वडाध्यक्षमा उठेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!