बीरेन्द्रकुमार साह

शनिबार, बैशाख ३१, २०७९ || 892  पटक पढिएको

सुनवर्षि । मोरङको सुनवर्षि नगरपालिकामा सुरुवातदेखि नै नेपाली कांग्रेसले अन्य उम्मेदवारमाथि दबदवा सिर्जना गरेको छ ।

सुरुदेखि नै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता हासिल गरेको छ । अहिले ६६८ मत गणना गर्दा नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार यज्ञ बहादुर कार्किले २९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार श्याम राजबंशिले २२३ मत प्राप्त गरेका छन् । जसपाका सदानन्द यादवले ३० मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार कुसुमलास साहले ९ मत प्राप्त गरेका छन् । जय मंगोल पार्टिका उम्मेदवारले ५ मत प्राप्त गरेका छन् भने लोसपाका तर्फबाट साईकल छाप लिएर उम्मेदवार बनेका अमरेन्द्र साहले जम्मा ३ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा पनि नेपाली कांग्रेसकै दबदबा छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी बिमलादेबि दासले २९६ मतप्राप्त गरेकी छिन् भने नेकपा एमालेकी मिरादेबि दासले २५५ मत प्राप्त गरेकी छिन् । राप्रपाले २४ जसपाले १३ माओवादीले७ जय मंगोलले ४ र लोसपा साईकल छापले ३ मत प्राप्त गरेको छ ।

सुनवर्षि नगरपालिका वडा न -१ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेसका बिर बहादुर राई बिरेनले ३०९ नेकपा एमालेको उम्मेदवार हेमेश्वर राईले २६८ मत प्राप्त गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!