कानेपाेखरी। माेरङकाे कानेपाेखरी गाउँपालिकामा २४०० गणना गर्दा एमालेको अग्रता रहेको । एमालेको उम्मेदवारले अध्यक्ष पदमा ९६७ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका उम्मेदवारले १०२४ मत प्राप्त गरेका छन्।
दोस्रो पोजिसनमा नेपाली काङ्ग्रेस रहेको छ। अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले ६०७ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका उम्मेदवारले ७४८ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा नेकपा माओवादीका उम्मेदवारहरु रहेका छन्। माओवादी बात अध्यक्ष पदका उम्मेदवारले ४३२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष पदका उम्मेदवारले अहिलेसम्म ६६८ मत प्राप्त गरेका छन्।
कानेपाेखरी गाउँपालिका वडा न एकमा १३०० मत गणना गर्दा एमालेका उम्मेदवारले ६६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसको उम्मेदवारले ५०२ मत प्राप्त गरेका छन्।