बीरेन्द्रकुमार साह

शनिबार, बैशाख ३१, २०७९ || 1682  पटक पढिएको

सुनवर्षि। मोरङको सुनवर्षि नगरपालिकामा प्रारम्भिक मत परिणाम हेर्दा नेपाली कांग्रेसको अग्रता छ ।

हिजो राति १ बजेर ३० मिनेटदेखि मतगणना सुरु गरिएको थियो । यो न्युज तयार पार्दासम्म कुल ३६८ मत गणना गर्दा मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता रहेको छ ।नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार यज्ञबहादुर कार्कीले मेयर पदमा १५६ मत ल्याउदा एमालेबाट मेयर पदका उम्मेदवार श्याम राजबंशिले १४७ मत ल्याएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसकि बिमलादेबि दासले १६१ मत ल्याउदा एमालेबाट उम्मेदवार बनिकी मिरादेबि दासले १४४ मत ल्याएकी छिन् ।
सुनवर्षि नगरपालिका वडा न एक बाट मतगणना सुरु गरिएको छ । वडाअध्यक्ष पदमा पनि नेपाली कांग्रेसको नै अग्रता छ । नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार बिर बहादुर राई (बिरेन)ले अहिलेसम्म १६१ मत ल्याएका छन् भने एमालेबाट उम्मेदवार बनेका हेमेश्वर राईले १५१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!