हिपमत डटकम

मंगलबार, बैशाख २७, २०७९ || 492  पटक पढिएको

विराटनगर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् ।

‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ,’ उनले भने, ‘अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं ।’ मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पु¥याउने जिम्मा एमालेको भएको बताए ।

‘नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो । आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ,’ उनले भने, ‘कोही पनि अलमलमा नपरिकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ । युवाहरुलाई विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको पनि बताए ।

‘अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, शहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ,’ उनले भने, ‘जनतासँगका प्रतिवद्धता पूरा गर्ने छौँ । जनतालाई कहिल्यै धोका दिदैनौं । एमालेको सरकार स्थानीय तहमा भएन भने माथिबाट पठाएको बजेट बालुवामा पानी हालेजस्तो हुन्छ । त्यस्ता दुरुपयोग रोक्न पनि तीनै तहमा एमालेको सरकार आवश्यक छ ।’

सबैभन्दा पीर मुलुकमा अहिले कांग्रेसका कार्यकर्तालाई परिरहेको पनि ओलीले बताए । भने, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । अर्कातिर मेरी छोरीलाई भोट हालेनौ भनेर मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । कांग्रेसजनले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरुको जिम्मा लिनुपर्छ ।’

‘भोट हालेनौ भने’ भनेर गठबन्धनका नाममा जनतालाई नधम्क्याउन ओलीको चेतावनी छ । अहंकार पालेका केहीले एमालेलाई चोइट्याएर केही कार्यकर्तालाई अलमल्याइरहेको उनको भनाइ छ । ‘आफूले बनाएको र वर्षौदेखि दुःख गरेको पार्टीलाई छाडेर अन्त भोट नहाल्न म कार्यकर्तालाई आग्रह गर्छु,’ ओलीले भने, ‘जनतालाई हेर्ने र सेवा सुविधा पु¥याउने पार्टी एमाले नै हो भन्ने तपाई हामी सबैले बुझेकै छौं ।’
आफ्नो सुन्दर र सुरक्षित भविष्यका लागि सूर्य चिन्हमा मतदान गरेर स्थानीय तहका जनप्रतिनिधिमा एमालेका उम्मेदवारलाई विजयी गराउन उनले सबैमा आग्रह गरे । ‘अरु पार्टीमा रहेका साथीहरु एमालेमा आउनुस् । देश बनाउने महाअभियानमा हातेमालो गरेर अघि बढौं,’ ओलीले भने, ‘अरुले मुलुकलाई हानी मात्रै पु¥याए । एमालेले ल्याएको मुलुक बनाउने अभियानमा अब सबै सरिक हुनुपर्छ ।’ उनले एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको पनि बताए ।

(फोटो क्याप्सन ः १, मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली ।
२, एमालेद्धारा मिक्लाजुङमा आयोजित चुनावी सभाका सहभागीहरु । )

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!