
धरान। नेकपा एमालेका मेयरका उमेद्वार मञ्जु भण्डारी सुबेदीले पानवारीलाई पूर्वाधारयुक्त नयाँ शहरको रुपमा विकास गरिने बताउन ुभएको छ ।

बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको घर दैलो अभियानका क्रममा धरान–६ पानवारी पुग्नुभएका भण्डारीले यस्तो बताउनुभएको हो । मेयरका प्रत्यासी भण्डारीले पानवारीलाई अब पूर्वाधारयुक्त नयाँ शहरको रुपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो ।
‘पानवारीलाई हामी नयाँ शहरको रुपमा विकास गर्ने योजना बनाएका छौ उहाँले भने ‘पानवारीलाई ग्रामिण शहर हैन सुबिधायुक्त नयाँ शहरको रुपमा विकास गछौ ।’ आफु कार्यबाहक मेयर हुँदा पानवारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले पानवारीमा खानेपानीको दिर्घकालिन व्यावस्थापनको लागि डिपिआर तयार भरइसकेको बताउँदै अब बजेटको व्यवस्था गरेर प्राथमिकतामा राखेर काम अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।
‘पानवारीको खानेपानीको दिर्घकालिन व्यावस्थापनको लागि डिपिआर तयार भइसकेको छ, उहाँले भन्नुभयो ‘यस वडालाई प्राथमिकतामा राखेर बजेटको व्यावस्था गरेर खानेपानीको काम अगाडी बढाउँछौ । घर दैलो गर्ने क्रममा स्थानीयको उल्लेख्य साथ पाएपछि उत्साहित हुनुभएको भण्डारीले भन्नुभयो ‘सुर्यमा मत दिएर एमालेलाई जिताउँनुस् पानवारीको विकासमा कुनै कसर बाँकी नराखी काम गछौ ।’
एमालेकै उपमेयरका उमेद्वार पदम लिम्बुले पानवारीलाई औधोगिक ग्रामको रुपमा विकास गर्ने योजना अनुरुप काम भइरहेको बताउनुभयो । उहाँले औधोगिक ग्राम स्थापना भएपछि स्थानीयलाई रोजगारीको सिर्जना हुने र धरानको आर्थिक स्रोतको रुपमा पानवारीले ठूलो टेवा दिने बताउनुभयो । ‘पानवारीलाई औधोगिक ग्रामको रुपमा विकास गरेर स्थानीयलाई रोजगारीको सिर्जना गछौ उहाँले भन्नुभयो ‘धरानको आर्थिक स्रोतको रुपमा पानवारीले ठूलो टेवा पु¥याउछ भन्ने मैले ठानेको छु ।
वडा नं. ६ का वडाध्यक्ष हरि राईले संघ प्रदेश र नगरपालिकासँग सहकार्य गरेर पानवारीलाई पूर्वाधारयुक्त नमना शहर बनाउने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले पछिल्लो समय पानवारामा युवाहरुमा दुव्र्यशन बढेको भन्दैं त्यसलाई नियन्त्रण गदैं बेरोजगार युवाहरुलाई रोजगार सिर्जना गरिने उहाँले बताउनु भयो ।