हिपमत डटकम

सोमबार, बैशाख १९, २०७९ || 666  पटक पढिएको

धरान । खानेपानी समस्या समाधान देखि सुत्केरी महिलालाई पौष्टिक आहार सम्मको योजना सहितको प्रतिबद्धता पत्र नेकपा एमाले वडा नम्बर ९ ले जारी गरेको छ ।

नेकपा एमाले तर्फका बाट वडाध्यक्षका उम्मेद्वार बनेका शिव राईले खानेपानीको चरम अभावलाई समयमै उचित योजना बनाई व्यवस्थापन गरि अर्को वर्षको सुख्खा याम सम्ममा पानिको हालको अवस्थालाई न्यूनिकरण गर्न निश्चित कार्य गर्ने बताएका छन् । यस्तै निम्न आय भएका महिलाहरु सुत्केरी हुँदा ३ महिना सम्म पौष्टिक आहार तथा बच्चालाई न्यानो कपडा वितरण गरिने प्रतिब्द्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, असक्त तथा वृद्धाहरुको लागी ३ –३ महिनामा निःशुल्क स्वास्थ्य जाँच गराउन शिविर सञ्चालन गराइ स्वास्थ्यमा पहुँच पु¥याइने, शिक्षाको पहँुच बाहिर भएका बालबलिकाहरुलाई शिक्षाको पहँचमा ल्याउने, बाल बिकास सम्बन्धी भइरहेका कार्यहरुलाई थप प्रभावकारी बनाइ सञ्चालन गर्ने, धरान ९मा रहेको सब्जी बजारलाई ब्यबस्थित बनाइ सब्जी बजार भित्रको यातायात व्यवस्थालाई सहज बनाउन पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसै गरि वडामा रहेका विद्युत, टेलिफोन, केबल, नेट आदिका तारहरुलाई व्यवस्थित गरिने, वडामा रहेका पिच हुन बाँकी रहेका सडकहरुलाई पिच गरिने तथा भएका सडकहरुलाई अवस्था हेरी पुनः स्तरीकरण गरिने, वडामा स्थायी बसोबास भएका असक्त तथा गरिव परिवारलाई रासन कार्डको व्यवस्था गर्न पहल गरिने, खहरे खोलामा बाँकी रहेका तटबन्धनको कार्यहरु पुरा गरि खहरे खोला किनारमा रहेको सडकलाई व्यवस्थित गरिने, खहरे खोलाको महेन्द्र क्याम्पसको पुल देखि पुतली लाईन सम्मको क्षेत्रमा पार्क निर्माण गरिने, वडा भरीका व्यापारिक क्षेत्रका फुटपाथलाई फुटपाथ मैत्री कार्यक्रमको योजना बनाई कार्यन्वयन लागायतका योजनाहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!