हिपमत डटकम

सोमबार, बैशाख १९, २०७९ || 510  पटक पढिएको

विराटनगर,१८ बैशाख। नेपाली कांग्रेसका युवा नेता अमृत अर्यालले कांग्रेसका विराटनगर महानगरपालिकाका उमेदवार नागेश कोईरालाको गठबन्धनलाई जिताउन आग्रह गरेका छन ।

नेपाली कांग्रेस विराटनगर १८ ले आयोजना गरेको पार्टी कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै नेता अर्यालले कांग्रेसका उमेदवार कोईरालालाई जिताउन आग्रह गरेका हुन । उनले कोईरालाको पक्षमा भोट मागेका छन । अर्यालले कांग्रेसले जितेमात्रै नगरको बिकास हुने बताए । उनलेभने, तपाईहरुले कोईरालालाई जिताईदिनुपरो अनिमात्रै विराटनगरको बिकास हुन्छ ।

सो कार्यक्रममा पुर्वमन्त्री बिमलेन्द्र निधिले कांग्रसलाई जिताउन आग्रह गरेका छन । सो कार्यक्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले विराटनगरको विकासकालागी कांग्रेसको जित अपरिहार्य रहेको बताएका छन ।

नेपाली कांग्रेसका विराटनगर महानगरपालिका उमेदवार नागेश कोईरालले विराटराजाको दरबार क्षेत्रको विकास गर्ने बताउनुभएको छ । आफुले मेयरमा चुनाउ जिते विराटनगरको मुहार परीर्वतन गर्ने बताएका छन । कार्यक्रममा गठबन्धनका उप–प्रमुखका उमेदवार अमरेन्द्र यादवको पनि सहभागिता थियो । कार्यक्रममा बोल्दै विराटनगरको बिकासकालागी गठबन्धनका उमेदवारलाई जिताउन आग्रह गरे । सो वडामा कांग्रेसका उमेदवार तुलाचन्द यादव अध्यक्षका उमेदवार छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!