गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् ।वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् ।उनले आफ्ना ३३ हजार फलोअर्सलाई लेखेकी छिन्, ‘म अहिले ठिक र सुरक्षित अवस्थामा छु । वास्तविकता यही हो ।’

‘मलाई केही दिनका लागि बन्धक बनाइयो, लागुऔषध दिइयो र बलात्कार गरियो,’ उनले लेखेकी छिन् ।डफीको एल्बम ‘रकफेरी’ ६ देशमा उत्कृष्ट साबित भयो । उनले तीनपटक ब्रीट अवार्ड पनि जितिन्, यसका साथै ग्रामी अवार्ड पनि हात पारिन् ।‘मैले निकै अघिदेखि यसबारे लेख्ने सोचेकी थिएँ । मैले कतिपटक सोचेँ होला, तपाईंहरुले अनुमान मात्रै गर्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखिन् ।

‘तर यो कुरा भन्न मैले यो समयलाई नै किन सही ठानेँ, त्यसको जवाफ मसँग छैन । यसबारे कुरा गर्दा आफूले आफैंलाई एक प्रकारको तनावबाट मुक्त हुने मैले सोचेकी छु ।’

‘म यसबारे विस्तृत रुपमा बताउन सक्दिनँ । कतिलाई लाग्दो हो, खासमा मलाई भएको चाहिँ के हो, म कता हराएँ र किन । मलाई एक पत्रकारले सम्पर्क गरे, उनले मलाई भेट्ने बाटो पत्ता लगाए र मैले उनलाई आफ्नो बारे सबै कुरा जानकारी दिएँ । उनी निकै दयालु थिए तसर्थ यसबारे कुरा गर्न जुन आँट मैले बटुलेँ त्यो निकै अभूतपूर्व छ ।’

‘वास्तविकता यो हो कि म अहिले ठिक छु र सुरक्षित पनि । मलाई केही दिनका लागि बन्धक बनाइयो । मलाई लागुऔषध दिइयो र बलात्कार गरियो । पक्कै पनि म बाँच्न त बाँचे । निको हुन धेरै नै समय लाग्यो । मैले पछिल्लो एक दशकदेखि हज्जारौं दिनसम्म मनमा प्रकाश ल्याउन चाहिरहेको थिएँ, अब भने सूर्य उदाएको छ ।’

आँखाको पीडाः

वास्तविक नाम एइमी एने डफी भएकी डफीको मर्सी नामको गीत १२ देशमा सर्वोत्कृष्ट साबित भयो । यो गीत सन् २००८ को युकेको ‘थर्ड बेस्ट सेलिङ सिंगल’ हो । यसको पाँच लाख प्रति बिकेको थियो ।

‘तपाईंले सोचिरहनुभएको होला कि मैले आफ्नो पीडा व्यक्त गर्न आफ्नो आवाज किन प्रयोग गरिनँ ? मैले संसारलाई आफ्नो आँखाको पीडा देखाउन चाहिनँ,’ उनले थपिन् ।

‘त्यसपछि मैले के सोचेँ भने यदि मेरो मन नै भाँच्चिएको छ भने म कसरी मनबाट गाउन सक्छु ?’

‘यदि तपाईंका केही प्रश्न छन् भने म अन्तरवार्तामार्फत् जवाफ दिन चाहन्छु । मलाई यत्तिका वर्षसम्म तपाईंले जुन माया र सद्भाव देखाउनुभयो त्यसप्रति म कृतज्ञ छु । म यसका लागि तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!