२०७४ माघ २८ गते सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै डिआइजी पदबाट राजीनामा दिएका रमेश खरेलले पछिल्लो समय सारा नेपालीहरु माझ राम्रो छबि बनाएका छन् । धेरै जनाले उनि राजनीतिमा आउने अनुमान समेत लगाउन थालेको छ। यसैबिच खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको नेतृत्व गर्ने भएका छन् ।

यस अभियानको औपचारिक घोषणा भने भोलि बिहिबार राजधानीमा एक कार्यक्रमको बिच गर्ने छन्। उनि नेपाल प्रहरीमा हुदा नै राम्रो छबि बनाएका थिए। उनको यो अभियानले मुख्यता भ्रष्टाचारजन्य गतिविधिको विरोध, साथै सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई प्राथमिकता दिने उनको भनाइ छ ।अभियानमा सामाजिक व्यक्तित्वहरुका साथै केही पूर्वप्रशासक समेत सामेल छन् । अभियानले प्रारम्भिक ६ महिनासम्मको गतिविधिलाई मूल्यांकन गरेर थप योजना तथा कार्यक्रम अघि सार्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!