हिपमत डटकम

शुक्रबार, पौष २५, २०८२ || 6804  पटक पढिएको

मोरङ जिल्लाको रंगेली नगरपालिका आसपासका क्षेत्रका चिउरा कुटानी मिलहरूमा यतिबेला भ्याई–नभ्याई भएको छ। यस वर्षको अन्तिम पर्वका रूपमा मनाइने माघे सङ्क्रान्ति नजिकिँदै जाँदा चिउरा कुटाउन सर्वसाधारणको भीड बढ्न थालेको हो।

विशेषगरी थारु समुदायले उत्साहका साथ मनाउने माघी पर्वका लागि चिउरा तयारी गर्न सर्वसाधारण बिहानैदेखि मिलमा लाइन बसेर पालो कुर्न थालेका छन्। रंगेली नगरपालिका–३ स्थित बजरङ्ग लघु उद्योगको कुटानी–पिसानी मिलमा रंगेली, दरबेशा, रञ्जनी, निसानथानलगायतका क्षेत्रबाट चिउरा कुटाउन आउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।

सो मिलमा दैनिक १० केजीदेखि ५० केजीसम्म धान ल्याएर चिउरा कुटाउने गरेका छन्। मिल सञ्चालिका मीना खत्री साहका अनुसार अहिले दैनिक १ हजार ५ सय केजीदेखि २ हजार केजीसम्म धान चिउरा बनाउन कुटिने गरेको छ।

चिउरा बनाउनका लागि धानलाई एक दिन अगाडि रातभर पानीमा भिजाइन्छ। त्यसपछि बिहानै पानीबाट निकालेर मिलमा लगिन्छ र कराहीमा भुटेर सुकाइन्छ। सुकाइएको धानलाई चिउरा बनाउने मेसिनमा हाल्दा चिउरा तयार हुन्छ। माघ १ गतेका दिन तयार गरिएको चिउरालाई सख्खरसँग मिसाएर लड्डु बनाइन्छ। ती लड्डु घरमा रहेका देवी–देवतामा चढाएर प्रसादका रूपमा खाने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!