बुधबार, फाल्गुण १४, २०७६ || 1377  पटक पढिएको

नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त निकै लामो समय यता यस क्षेत्रमा क्रियासिल सर्जक ओम छिनालको लय सृजनामामा फेरी अर्को गीत बजारमा आएको छ । सर्जक ओमले गीत सिर्जना गर्ने मात्र होइन केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । स्थायी घर गोर्खा र हाल मलेसियामा रोजगारीको सिलसिलामा रहेका उनको सृजनाले सजिएको पछिल्लो गीत “धोकेबाज” बोलको रहेको छ । प्रकाश परियारको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा मौसम गुरुङ्ग र पूर्णकला बि.सी को सुमधुर स्वर सुन्न सकिन्छ ।

शितल शिजन डिजिटल प्रालि मार्फत सार्बजनिक भएको गीतलाई शब्द भने प्रस्तुतकर्ता स्वयम् प्रकाश परियारले तयार परेका हुन् । “धोकेबाज” बोलको गीतको म्युजिक भिडियोमा अनिता छिनाल, गणेश बि.सी र प्रकाश परियारको अत्यन्त मनछुने अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन ओम श्रेष्ठले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजेश कुमारले गरेका छन् । गीतमा अजम्बरी मायाको बाचा गरेर बीच बाटोमा नै अलपत्र पारेर धोका दिईएको प्रसङ्ग समाबेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!