बुधबार, फाल्गुण १४, २०७६ || 853  पटक पढिएको

हिडन ट्रेजरले बर्षेनी गर्दै आएको सौन्दर्य प्रतियोगीता मिस नेपालको प्रशारण अधिकार कान्तिपुर टेलिभिजनले पाएको छ । मिस नेपालको २४ औ संस्करण यहि बर्ष हुनेछ । प्रतियोगीताको आयोजक र कान्तिपुर टेलिभिजनबिच भएको सम्झौता अनुसार यस बर्षबाट प्रतियोगीताको प्रशारण अधिकार मुलककै ठुलो कान्तिपुर टेलिभिजनले पाएको हो । मिस नेपालको आयोजक हिडेन ट्रेजर र कान्तिपुर टेलिभिजनबिच यसअघि नै भएको सम्झौता हिजो सार्बजनिक गरिएको कान्तिपुर टेलिभिजनका स्टेसन हेड दिनेश डीसीले बताउनुभयो । सो सम्झौतासंगै प्रतियोगीताले थप उचाई लिने स्टेशन हेड डिसीको भनाई छ ।

राजधानीमा आयोजित कार्यक्रममार्फत आयोजक र कान्तिपुर टिभीबिच भएको सम्झौता आयोजक संस्थाका अध्यक्ष दिवाकरराज कर्णीकारले सार्बजनिक गर्नुभएको हो । सो अवसरमा ट्रेजरका शुभर्ण क्षेत्रीले आगामी संस्करणबाट थप परिस्कृत रुपमा मिस नेपाल प्रतियोगीता प्रस्तुत हुने उल्लेख गर्नुभयो । कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठसंगै उत्कृष्ट चार प्रतिस्पर्धीको सहभागीता थियो ।

आगामी सिजनको मिस नेपालका लागि बिभिन्न ९ स्थानमा अडिसन हुनेछ । झापाको विर्तामोढ, सुनसरीको धरान, पर्साको बिरगञ्ज, काठमाण्डौ, चितवनको भरतपुर, रुपन्देहिको बुटबल, कास्कीको पोखरा, बाँकेको नेपालगञ्ज र कैलालीको धनगढीमा अडिसन हुनेछ । १९९४ बाट हुदै आएको मिस नेपालका लागि आयोजकले अनलाईन दर्ता पनि खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!