फिल्ड मार्शल स्याम मानिक्शाको एउटा चर्चित भनाई छ “ यदि कसैले मर्न देखि डराउदिन भन्छ भने कि त उसले झुट बोलेको हुनु पर्छ कि त उ गोर्खाली हुनुपर्छ । ” गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन । हाम्रो देश पुर्खाको विरताले आर्जेको देश हो । यो देशको चन्द्र सुर्य नकहिले झुकेको छ न त यो देशले स्वतन्त्रता दिवस मनाएको छ । आफ्नो देशको माया कसलाई पो लाग्दैन होला र आखिर जहाँ भएपनि यो मन त हाम्रो नेपाली नै हो । त्यस्तै अमेरिकामा बसेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशील रास्ट्रप्रेमी युवा पुस्ताका सर्जक कलाकारहरुले सोहि कुरालाई महसुस गरेर भर्खरै मात्र ” गोर्खे ” बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन । आफ्नो जन्मभूमि को माया कतिलाग्छ भन्ने कुरा कि त लडाईको मैदानमा होमिएको सिपाहीलाई कि त बिदेशिएका जुनसुकै नेपालीलाई सोध्यो भने थाहाहुन्छ । सायद त्यहि भएर होला जहाँ भएपनि नेपालीहरुको मुटुमा देशप्रेम हटेको हुदैन । नेपालमा रहँदा भुटानी शरणार्थीहरु आफूलाई ‘नेपाली भाषी भुटानी शरणार्थी’ भन्न रुचाउँथे । जब उनीहरु तेस्रो मुलुक पुनर्वास भए, त्यसपछि उनीहरु नेपाललाई पुर्खाको देश भन्न थालेका छन् । अमेरिका , क्यानेडाका नागरिक भैसक्दा पनि उनीहरु नेपाली भाषा, साहित्य र कलालाई निकै माया गर्छन । अमेरिकामा बसेका भुटानी नेपाली भेटघाट हुदा प्रायजसोले नेपाली भाषा बोल्छन् । उनीहरुहरुले गर्ने कार्यक्रममा नेपाली भेषभुषा र नेपाली गीत नै बज्छन । नेपाल आमाका हरेक राष्ट्र प्रेमी नेपालीहरुले रास्ट्रको लागि सोच्नु र गर्नु पर्नेबेला आएको छ, अहिलेको अवाश्यकता भनेको राष्ट्रियता हो ।यस गीतमा स्वर प्रतिभाशाली गायक किरण गजमेरको रहेको छ । गीतका शब्द नारायण ढुङ्गाना र प्रलाद ढुङ्गानाले मिलेर लेखेका हुन । गीतमा संगीत रुपेश डग्नाको रहेको छ। गोपाल रसाइलीले गीतको संगीत संयोजन गरेका हुन । म्युजिक भिडियोमा विभिन्न कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन । लक्ष्मी बर्देवा सह निर्देशक रहेको यस भिडियोलाई चर्चित युवा निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन । हरि घिमिरेको लगानीमा भिडियो निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!