हिपमत डटकम
बिराटनगर ,मंसिर–१७ । विराटनगर विमानस्थललाई विस्तार गरेर क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने पहल सुरु भएको छ । स्थानीय, प्रदेश र संघीय सरकारको बृहत परियोजना अनुरुप प्रदेश नं. १ को राजधानी विराटनगरमा वि.सं. १९५८ देखि हालसम्म सञ्चालनमा रहेको विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन विमानस्थल बनाउने पहल सुरु भएको हो । उक्त बृहत परियोजनालाई एउटा गुरु योजना बनाएर अगाडि लैजाने सोच राखेको स्थानीय, प्रदेश र संघीय सरकारले यसबाट बढी भन्दा बढी व्यापारिक र पर्यटकीय लाभ लिन सक्ने लक्ष्य समेत राखेको छ ।

प्रदेश नं. १ को राजधानी विराटनगरको मुटुमा अवस्थित विराटनगर विमानस्थलको मुहार परिवर्तन हुने भएको छ । विमानस्थललाई अन्तराष्ट्रिय स्तरको रुप दिन बृहत गुरु योजना निमार्ण गरिएको छ । विराटनगर विमानस्थलको स्तरोन्नतिका लागी आगामी ५ बर्षभित्रमा २५ सय मिटरको धावनमार्ग र १५ हजार स्क्वायर फिटको टर्मिनल विल्डिङको निमार्ण कार्य सम्पन्न हुने गरी गुरु योजना निमार्ण गरिएको हो । अहिले विराटनगर विमानस्थलबाट विमान मार्फत नेपालको काठमाण्डौं, ताप्लेजुङ्ग, रुम्जाटार, तुम्लिङटार, फाप्लु र भोजपुर लगायतका ठाउँहरुमा सजिलैसँगले जान सकिन्छ । तर हवाईजहाज मार्फत नै देश बाहिर जान भने काठमाण्डौं जानुपर्ने बाध्यता छ । तर यो अन्तराष्ट्रिय विमानस्थल बनिसकेपछि विदेश जान काठमाण्डौं धाईरहनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिईएको छ । ईस्वी सम्वत २०४० सालसम्म सम्पुर्ण निमार्ण सम्पन्न हुने गरी तयार पारिएको गुरुयोजना अनुसार विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय रुप दिन जम्मा ११ अर्ब ३० करोडको लागत अनुमान गरिएको छ । अहिले विमानस्थल निमार्णका लागी १२० बिघा जग्गा छुटयाईएको छ भने अरु ८३ बिघा जग्गा थप्नुपर्ने आवश्यकता छ ।

आज नागरिक उडड्यन प्रधिकरणद्धारा आयोजित विराटनगर विमानस्थलको विकास र विस्तारका लागी तयार पारिएको गुरुयोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक उडड्यन तथा पर्यटन मन्त्री योगेश भट्टराईले मुुलुक संघीयता गईसकेपछि सबैतिरबाट संघियताको अभ्यास हुनुपर्ने स्थिति सिर्जना भएको बताउनुभएको छ । उहाँले अन्य क्षेत्रहरु सँगसँगै प्रदेशको आर्थिक क्षेत्रलाई समेत नागरिक उडड्यनको माध्यमबाट माथि उकास्न ध्यान पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले नेपालका विमानस्थलहरुबाट यसको सम्भावित स्थानहरुसम्म हवाईसेवा विस्तार गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले आफुले सार्वजनिक गरेको १ सय ४१ बुँदे प्रतिबद्धतामा अन्तर प्रदेश हवाईसेवा विस्तारको निति पनि लिएको जानकारी दिनुभएको छ ।

मन्त्री भट्टराईले काठमाण्डौं विमानस्थलमा नेपालको विभिन्न ठाउँहरुबाट विमानहरु अवतरण हुने हुँदा यसले अनावश्यक ट्राफिक जाम हुने भएकाले अबको दिनहरुमा काठमाण्डौंमा सकेसम्म साना विमानहरुको प्रवेशमा रोक लगाउने निति लिईएको जिकिर गर्नुभयो । थप जोडदै उहाँले प्रदेश र स्थानीय सरकारले माउण्टेन फ्लाईटको सम्भाव्यतालाई बुझेर यसको पनि विकास विस्तारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । यसबाट विराटनगर महानगरपालिकाले समेत मनग्य आर्थिक लाभ लिनसक्ने मन्त्री भट्टराईको भनाई छ ।

नेपालको उडान क्षेत्रमा प्रत्येक बर्ष यात्रुहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि हुँदै यो क्षेत्र प्रतिस्पर्धी हुँदै गईरहेको छ । नयाँ नयाँ वायुसेवा निगमहरु आउन खोजिरहेका छन भने भएका वायुसेवा निगमहरुले पनि आफनो संख्या र सेवा सुविधा अद्यावधिक गर्दै गईरहेका छन । यसबाट उच्चतम सम्भावना बोकेको प्रदेश नं. १ ले धेरै फाईदाहरु लिनसक्ने वातावरण सिर्जना भएको छ ।

यता प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विराटनगर विमानस्थलको विस्तारको निम्त्ति क्याबिनेटमा पनि ३ हजार मिटर धावनमार्ग बराबरको जग्गा अधिकरण गर्ने प्रस्ताव समेत पेश गरेको हुनाले २५ सय मिटरको धावनमार्गको ठाउँमा पछि ३ हजार मिटरको धावनमार्ग बनाउने अवस्था आएमा पनि समस्या नहुने गरि अहिले नै पर्याप्त जग्गा अधिग्रहण गनुपर्ने सुझाव दिनुभएको छ ।

त्यस्तै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले २५ सय मिटर धावनमार्गको कार्य तत्कालै सुरु गर्न ३ हजार मिटरको धावनमार्ग बराबरको जग्गा अधिग्रहणको लागी क्याबिनेटबाट छिट्टै निर्णय गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!