अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तिबाँझमा जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परि एकको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घाइते मध्ये एकको अबस्था गम्भीर रहेको छ ।
से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ जीपमा सवार एकको मृत्यु भएको हो । मृतकको पहिचान हुन बाँकी रहेको छ । जीप ढकारी गाँउपालिकाबाट सदरमुकाम मंगलसेन आउदै गरेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।