मंगलबार, फाल्गुण १३, २०७६ || 896  पटक पढिएको

मोरङको उर्लाबारी–७ मा एक ब्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । आइतबार उर्लाबारी–७ स्थित जीवन बचाउ उपचार सेवा गृहमा शौचालयको भेन्टिलेसनमा उर्लाबारी–२ का १९ बर्षीय विशाल श्रेष्ठले झुण्डिएर आत्महत्या गरेको २४ घण्टा बित्न नपाउँदै अर्को आत्महत्याको घटना सार्वजनिक भएको हो ।
सोमबार राती उर्लाबारी–७ का ४५ बर्षीय राम न्यौपानेले रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । न्यौपानेले घरायासी झगडाका कारण आत्महत्या गरेको बताइएको छ । प्रहरीले मंगलबार विहान शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ ।
आत्महत्याका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरि आइतबार राती उर्लाबारी–७ स्थित जीवन बचाउ उपचार सेवा गृहमा शौचालयको भेन्टिलेसनमा झुन्डिएको अबस्थामा भेटिएका बिशालका परिवारले उनले आत्महत्या नभई हत्या गरेको आरोप लगाएको छ । पीडित परिवारले आत्महत्या नभई हत्या नै भएको दाबी गर्दै सो गृहविरुद्ध जाहेरीसमेत दिएको छ । जाहेरीका आधारमा प्रहरीले गृहका अध्यक्ष शेखर कार्की र इन्चार्ज रवीन्द्र दाहाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!