रंजित चौरसिया

मंगलबार, चैत्र २९, २०७८ || 251  पटक पढिएको

बारा। बारा जिल्लाकै बदनाम प्रशासकीय अधिकृतको रूपमा मानिने वकिल पाल उल्टै चोर कोतवालको डाटे उख्खान झै बनेका छन । पटक पटक फर्जि कागजात बनाउन सिपालु रहेका वकिल पाललाई देवताल गाउँपालिकाले हाजिर गराउन नमान्दा उल्टै चोर कोतवालको डाटे भन्ने उख्खानको बाटोमा मिडियालाई प्रयोग गर्दै आएका हुन ।

फर्जि कागजात बनाएर बिभिन्न मुद्दामा मुछिएका प्रशासकीय अधिकृत वकिल पाल देवताल गाउँपालिकामा गएकै दिन पुन: फर्जि कागजात बनाएकै कारण हाजिर गराउन नसकिने देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिनुभयो । उहाँले बाराको फेटा गाउँपालिका बाट फर्जि कामकै कारण २ महिना नबितिदै लखेटिएको उल्लेख गर्दै यस्ता भ्रष्ट प्रशासकीय अधिकृतलाइ कुनैपनि हालतमा हाजिर हुन दिन बताएका छन ।

फर्जि र किर्ते कागजातको सहयोगमा गाउँपालिका संचालनमा ल्याउन नसक्ने बताउदै अध्यक्ष सिंहले प्रशासकीय अधिकृत पाललाई कुनैपनि सर्तमा हाजिर गराउन नसकिने बताएका छन । हाजिर हुने दिन नै पालले किर्ते जालसाजि गरि गाउँपालिकाको लेटरप्याडको नमूना बनाइ चलानी र छाप बिनै हाजिर हुन खोजिएको कारण त्यसता भ्रष्ट अधिकृतलाई कुनैपनि हालतमा हाजिर गराउन नसकिने बताएका हुन । उहाँले पाल बाहेक कुनै अर्को प्रशासकीय अधिकृतलाई हाजिर गराउन तयार रहेपनि किर्ते र जालसाजी गर्ने अधिकृतलाई आफ्नो गाउँपालिका भित्र छिर्न समेत नदिने बताए ।

यता देवताल गाउँपालिकामा हाजिर हुन गएका प्रशासकीय अधिकृत वकिल पाललाई हाजिर नगराउदा उल्टै चोर कोतवालको डाटे भन्ने उख्खानमा लागेको देखिन्छ । हाजिर हुन गएका पाल सोहि दिन फर्जि कागजातको अधारमा हाजिर हुन खोज्दा अध्यक्ष सिंहले उनलाई गाउँपालिका बाट लखाटेका थिए । लखेटिएका पाल केहि मिडियालाई अधार बनाइ अध्यक्ष सिंहलाई समेत बदनाम गर्न आतुर भएको एक भिडियो क्लिपबाट प्रमानित भएको छ ।

प्रशासकीय अधिकृत वकिल पाल बारा जिल्लाकै बदनाम अधिकृत मध्ये एक हुन । उनले फेटा गाउपालिकाबाट लखेटिदा बारागढि गाउपालिकामा पुगेका थिए । तर त्याहापनि हाजिर नगराउदा स्थानीय प्रतिद्वन्द्वी सङ्ग सहकार्य गरि बारागढिमा समेत द्वन्द उतपन्न गराएका थिए । जसकारण बारागढिबाट समेत प्रशासकीय अधिकृत पाल लखेटिएका थिए । रौतहटको राइस मिल घटनादेखि लिएर स्थानीय तहमा समेत बदमासि गर्दै आएको बारे देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी पाउनसाथ हाजिर नगराइएको देवतालका कर्मचारीहरू बताउछन ।

यस्तो फर्जि र किर्ते कागजातको अधारमा पटक पटक बिवादमा पर्दै आएका प्रशासकीय अधिकृत वकिल पाल माथि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाण्डौको साथ साथै निर्वाचन आयोग नेपालको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!