रबिन्द्र बराल

आइतबार, बैशाख १६, २०८१ || 41665  पटक पढिएको

महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट प्रभावित परिवारहरूलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत स्वरुप विभिन्न सामग्रीहरू प्रदान गरेको छ । मटिहानी नगरपालिका वडा नं ६ को कार्यालयमा आयोजित एक कार्यक्रममा आगलागीबाट पीडित १०३ परिवारहरूलाई कम्बल, थाल, कचौरा, सिरानी, सरसफाई किट, गिलास, चम्चा जस्ता जिन्सी सामानहरु प्रदान गरिएको थियो ।

प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीको उपस्थितिमा संघकी केन्द्रिय अध्यक्ष अनिता लामिछाने अर्यालले उक्त राहत सामग्रीहरू वितरण गर्नुभएको थियो । कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी बल, नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डिआईजी दीपेन्द्र शाह, संघकी मधेश प्रदेश अध्यक्ष प्राब्धा सिंह शाह, मटिहानी नगरपालिका उप प्रमुख मञ्जु देवी शाह , जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, संचारकर्मीहरु, मटिहानी नगरपालिकाका जनप्रतिनिधिहरु तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले संघले विपतमा परेका नागरिकहरुलाई सक्दो मानवीय सहयोग गरिरहेको र त्यसैको निरन्तरता स्वरूप मटिहानीमा वैशाख १२ गते भएको आगलागीले प्रभावित भएका दाजुभाइ दिदीबहिनीहरुलाई थोरै भएपनि राहत दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँले अग्निपीडित परिवारको लागि संघको तर्फबाट थप सहयोग जुटाउने प्रयास पनि भइरहेको बताउनुभयो । अग्निपीडित परिवारका सदस्यहरूलाई सशस्त्र प्रहरी बल नं ९ गण हेडक्वार्टर , महोत्तरीका तर्फबाट बिहानको खानाको व्यवस्था गरिएको थियो । राहत वितरण पश्चात संघका पदाधिकारीहरुले आगलागी भएको स्थानमा पुगी आगलागी पीडित महिला तथा बालबालिकाहरुको अवस्थाको जानकारी लिएका थिए । वैशाख १२ गते दिउँसो १ बजेतिर अचानक लागेको आगोका कारण मटिहानी नगरपालिका ६ जलहरबामा रहेका १०३ वटा फुसका घरहरू पूर्ण रूपमा जलेका थिए । जिल्लास्थित सुरक्षा निकायका कर्मचारी, पालिकहरुका दमकल तथा स्थानीयहरूको पहलमा झण्डै चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो । अग्नी पीडितहरुलाई विभिन्न संघ संस्था तथा पालिकाहरुले राहत वितरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!